ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानै शक्तिशाली धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका थिए।

भूकम्पको धक्का महसुस भए पनि यसबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भइसकेको छैन। प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

Facebook Comments Box
‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’
१ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं ।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको…

TOP
30 Shares