
जेबी ओलीको गितमा शिवजीले चोरे अञ्जलीको मन !

नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली कलाकार शिवजी क्षेत्रीको मुख्य अभिनय, कोरियोग्राफी तथा निर्देशनमा चर्चित नायिका अञ्जली अधिकरि संग रोमान्स सहित तयार भएको नयाँ सांगीतिक कोसेली ‘कसले चोर्यो मन’ सार्वजनिक भएको छ। गितको भिडियो युट्युब च्यानल ‘LIVE MUSIC NEPAL’ मार्फत बजारमा आयको छ।
यस भिडियोमा बहुआयामिक कलाकार शिवजी क्षेत्रीको मुख्य भूमिका तथा नेतृत्वदायी योगदान रहेको छ। भिडियोमा शिवजी क्षेत्रीसँगै चर्चित मोडल अञ्जली अधिकारीको दमदार अभिनय देख्न पाइनेछ।
जे.बी. ओली संगीत (जीवन) को प्रस्तुतिमा तयार भएको यस गीतमा जे.बी. ओली संगीत (जीवन) र चर्चित गायिका शान्तिश्री परियारको मिठासपूर्ण स्वर रहेको छ। गितमा हेमनाथ खरेलको शब्द र जय सागर गिरीको थेगो रहेको छ भने संगीत बिबी अनुरागीले भरेका हुन्। कोरस गायनमा शरद बुढाथोकी, राजेश बराइली, सरिता केसी र सुनिता खपाङ्गी मगरले साथ दिएका छन्।
गितको संगीत संयोजन केशब बादीले गरेका हुन् भने रेकर्डिङ गोविन्द अनेक, भोकल एडिट कमल थापा र मिक्सिङ/मास्टरिङ श्याम रसाइलीले प्रिज्म स्टुडियोमा गरेका हुन्।
छायांकन सुनिल राउत र टिमले गरेका हुन् भने दृश्य सम्पादन नविन घर्ती मगरले गरेका हुन्। शृङ्गार (MUA) माही सिंह र समूह नारायण भण्डारीको रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन शिवाजी डान्स सेन्टर (Shivaji Dance Center) 9807512399 मार्फत गरिएको छ।
शिवजी क्षेत्रीको उत्कृष्ट कोरियोग्राफी, सशक्त निर्देशन र अञ्जली अधिकारीसँगको अभिनयका कारण भिडियो निकै लोभलाग्दो बनेको निर्माण पक्षले जनाएको यस गितलाई दर्शक तथा श्रोताहरूले अत्यधिक मन परायको निर्माण टोली पूर्ण विश्वस्त रहेको जसमा सिकारी र गाउले केटी बीच को प्रेम झल्काइयको छ !
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीपछि गुप्तचर प्रमुख टेकेन्द्र कार्की पनि हट्ने चर्चा, प्रधानमन्त्री असन्तुष्ट
-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
-
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
-
सिंहदरबारभित्रै जेब्रा क्रसिङमा सांसद गैरेलाई गाडीको ठक्कर, ट्रमा सेन्टरमा उपचार
आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ…





