
आईजीपी फेरबदलको औचित्य सरकारले पुष्टि गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) फेरबदल प्रकरणमा सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् ।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायको नेतृत्व परिवर्तन अत्यन्त संवेदनशील विषय भएकाले सरकारले उपयुक्त समयमा यसको कारण स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
‘आवश्यक काम गर्न आवश्यक कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुन्छ । सुरक्षा निकायसँग सम्बन्धित यो जिम्मेवारी हेरफेरमा असाध्यै संवेदनशील विषय समावेश भएकाले सरकारले निश्चित समयमा यसको औचित्य पुष्टि गर्ला,’ उनले भने ।
उनले पार्टीले प्रहरीको आईजीपीदेखि डीआईजी, इन्स्पेक्टर र प्रमुख जिल्ला अधिकारीसम्म फेरबदल गर्न कुनै दबाब नदिएको स्पष्ट पारे । यस विषयमा पार्टी प्रवक्ताले समेत आफ्नो धारणा स्पष्ट पारिसकेको उनको भनाइ थियो ।
लामिछानेले पार्टी र सरकारबीच कुनै असमझदारी नरहेको दाबी गर्दै आफू र प्रधानमन्त्री बालेन्द्र शाहबीच पनि राम्रो समन्वय रहेको बताए । सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने र आवश्यक पर्दा प्रश्न उठाउने पार्टीको नीति रहेको उनको भनाइ छ ।
‘सरकारले गरेका सबै काममा पार्टीले होमा हो मिलाउँदैन, पार्टीले गरेका सबै काममा सरकारले पनि होमा हो मिलाउँदैन । सरकारका निर्णयमा थप स्पष्टता आवश्यक परे पार्टीले प्रश्न गर्ने, चेक एन्ड ब्यालेन्स गर्ने र आवश्यक सुझाव दिने काम गर्छ,’ उनले भने ।
पार्टीभित्र हुने वैचारिक बहस र मतभिन्नतालाई सरकारसँगको विवादका रूपमा बुझ्न नहुने उनले बताए । लोकतान्त्रिक पार्टीमा सवाल–जवाफ र बहस स्वाभाविक भएको उल्लेख गर्दै उनले सरकार र पार्टीबीच द्वन्द्व रहेको भन्ने चर्चालाई पूर्ण रूपमा अस्वीकार गरे ।
सरकारले कतिपय घटनाक्रममा अझ परिपक्व ढंगले अघि बढ्नुपर्ने सुझाव आएको स्वीकार गर्दै लामिछानेले विधिको शासन र कानुनी प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरे । सरकार ट्र्याकबाहिर जान खोजे पार्टीले सही दिशामा ल्याउने प्रयास गर्ने उनको भनाइ थियो ।
यसैबीच, प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन र बिचौलिया इनम सापकोटाबीचको सम्बन्धबारे उठेका प्रश्नमा लामिछानेले कसैले आपराधिक गतिविधि गरेको भए अनुसन्धान हुनुपर्ने बताए । इनम सापकोटा प्रकरण अनुसन्धानकै क्रममा रहेकाले सम्बन्धित संस्थाले प्रमाणित नगरेसम्म सार्वजनिक आरोपलाई प्रमाणित तथ्यका रूपमा लिन नहुने उनको भनाइ थियो । सरकारले गर्ने अनुसन्धानमा संलग्न जोसुकैलाई पनि पार्टीले सहयोग गर्ने उनले बताए ।
गत १३ कात्तिकमा विभिन्न सञ्चारगृहका समाचारकक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको घटनाबारे पनि लामिछानेले प्रतिक्रिया दिएका छन् । उक्त घटनामा संलग्नमाथि कारबाही गर्न पार्टीले भनेको उल्लेख गर्दै उनले त्यसको परिणाम आईजीपीको जिम्मेवारी हेरफेरसँग सम्बन्धित छ वा छैन भन्ने कुरा सरकारले नै स्पष्ट पार्ने बताए ।
पत्रकार तथा कर्मचारी पक्राउका घटनाबारे उठेको ‘अति भएन र ?’ भन्ने प्रश्नमा उनले सरकारका निकायहरू संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको बताए । तर, सबै घटनालाई एउटै डालोमा राखेर हेर्न नहुने उनको तर्क थियो ।
महिलामाथि दुर्व्यवहार गरेको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा आएका सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुसन्धान आयोगले छानबिन गरिरहेको पनि लामिछानेले जानकारी दिए । अनुसन्धानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्दै उनले आवश्यकताअनुसार सम्बन्धित प्रतिवेदन र दस्ताबेज भविष्यमा सार्वजनिक हुन सक्ने बताए ।
संसदीय दलको नेता परिवर्तनको तयारी भइरहेको हो भन्ने प्रश्नमा भने लामिछानेले त्यसलाई अस्वीकार गरे । त्यस्तो कुनै अवस्था नरहेको उनको स्पष्टोक्ति थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु
-
सत्ताको स्वार्थमा प्रहरी प्रमुखमाथि प्रहार : प्रहरी संगठनलाई राजनीतिक खेलमैदान बनाउने दुस्साहस !
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
३० वर्षअघिको घटना सम्झायो प्रहरी नेतृत्व परिवर्तनले
-
आज कार्तिक १९ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
आईजीपीबाट हटाउने निर्णयको कानुनी वैधतामाथि प्रश्न, पुनर्बहालीको माग गर्दै कार्की सर्वोच्च जाँदै
१ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की आफूलाई पदमुक्त…





