प्रधानमन्त्रीलाई नेता बस्नेतको प्रश्न, यो देश कसरी जोगाउँदै हुनुहुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले देश जोगाउने र पार्टी जोगाउनेबिच फरक हुन्छ भनि  प्रधानमन्त्री बालेन्द्र शाहले  दिएको अभिव्यक्तिमा टिप्पणी गरेका छन् । बस्नेतले प्रधानमन्त्रीको कुन चाही कर्मले यो देश कहाँनेर जोगिया भन्दै उनले प्रश्न गरेका छन् ।
बस्नेतले भने, ‘कुनैबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच पार्टीभित्र, संसदभित्रै जुहारी चल्थ्यो । एउटाले नाटकै हो भन्थे । अर्काले नौटंकी नै हो भन्थे । एउटा पार्टीका यी दुई अध्यक्षले जनताको दुई तिहाई मतलाई सत्ताको अहङ्कार र सत्तामा पुग्ने लालसा हो भन्ने ठाने । अब पालो रबि र बालेनको आएको छ ।’
जेनजी आन्दोलनको बलमा सत्तामा पुगेका रवि–बालेन मिडीयामार्फत जुहारी खेल्न थालेको भन्दै यिनीहरुलाई हामीले सत्ता चलाउनु भनेको सबै ठीकठाक हुनु हो भन्ने लागेको उनको भनाइ छ । ‘अरु खराब थिए, त्यसैले हामी ठीक हौँ भ्रम छ,’ उनले भने ।
बस्नेतले भने, ‘देश जोगाउने र पार्टी जोगाउनेबिच फरक हुन्छ भन्ने प्रधानमन्त्रीज्यूलाई प्रश्न,  तपाईँको कुन चाही त्यस्तो कर्मले यो देश कहाँनेर जोगीयो ? कसरी देश जोगाउँदै हुनुहुन्छ?’

Facebook Comments Box
TOP
15 Shares