
आज काग तिहार मनाइँदै, यमदूतका रूपमा मानिने कागलाई मीठा परिकार चढाएर पूजा गरिँदै

काठमाडौं ।नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज शनिबार काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा बिहानै कागलाई यमराजको दूतका रूपमा पूजा आराधना गरी मीठा मीठा खानेकुरा खान दिने परम्परा छ ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार यस वर्ष शनिबार यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने गरिएको हो । कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित आजका दिन कागलाई पूजा गरी मीठा परिकार खान दिने चलन छ ।
लोक व्यवहारमा पनि काग घरमा आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन छ । काग घरआँगन वा वरपर आएर कराएमा उसले कुनै खबर लिएर आएको विश्वास गरिन्छ ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ ।
तिहार पर्व दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वाससँग पनि जोडिएको छ । यमराजको यातनाबाट मुक्ति मिलोस् भन्ने कामनासहित परिवारका सबै सदस्यका नाममा यमदीपदान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भएको छ ।
वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण फर्काएर दान गर्नुपर्ने मान्यता छ । यमदीपदान गरेमा यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेकै दिन शुक्रबार साँझदेखि यमपञ्चक सुरु भएको हो । यसैगरी धनधान्य र लक्ष्मीको स्थिरताका लागि गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको थियो । धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा खरिद गरे घरमा लक्ष्मी स्थिर भएर बस्ने धार्मिक विश्वास छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
-
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
-
सिंहदरबारभित्रै जेब्रा क्रसिङमा सांसद गैरेलाई गाडीको ठक्कर, ट्रमा सेन्टरमा उपचार
-
आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु
सत्ताको स्वार्थमा प्रहरी प्रमुखमाथि प्रहार : प्रहरी संगठनलाई राजनीतिक खेलमैदान बनाउने दुस्साहस !
१ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी रहँदै जिम्मेवारीबाट हटाउने…





