
पर्यटकीय मौसम सुरु भएसँगै कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ । पर्यटकीय मौसम सुरु भएसँगै ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ। मौसम अनुकूल र सफा रहेकाले कञ्चनजंघा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको हो।
पर्यटकको सङ्ख्या बढेसँगै कञ्चनजंघाका आधार शिविरहरूमा समेत चाप बढ्न थालेको छ। उत्तरी आधार शिविरअन्तर्गत खम्बाचेन, लोनाक र पाङ्पे तथा दक्षिणी आधार शिविरअन्तर्गत चिरावा, ओक्ताङ र रामजेर क्षेत्रमा पर्यटकको उपस्थिति राम्रो रहेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन्।
लोनाकमा होटल सञ्चालन गर्दै आएका तेन्जिङ शेर्पाका अनुसार असोजको अन्तिम सातादेखि पर्यटकको उपस्थिति उल्लेख्य रूपमा बढ्न थालेको हो।
होटलमा मात्र नभई विदेशी पर्यटकहरू आफैँ टेन्ट टाँगेर, स्लिपिङ ब्याग तथा आवश्यक सामग्री बोकेर यात्रा गर्ने भएकाले बासको ठूलो समस्या नरहेको व्यवसायीहरूको भनाइ छ।
कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी आदर्श क्षेत्रीका अनुसार चालु आर्थिक वर्षको साउनमा चार जना पर्यटक आएका थिए। असोज मसान्तसम्ममा भने कञ्चनजंघा क्षेत्रमा कुल १६४ जना पर्यटक भित्रिएका छन्।
संरक्षण क्षेत्रको तथ्याङ्कअनुसार अमेरिका, रुस, बेलायत, जर्मनी र चीनलगायत विभिन्न देशबाट पर्यटकहरू कञ्चनजंघा भ्रमणका लागि आएका छन्।
कञ्चनजंघा क्षेत्रमा भ्रमण तथा हिमाल आरोहणका लागि वर्षमा मुख्य दुईवटा पर्यटकीय मौसम हुने गरेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ। पहिलो पर्यटकीय मौसम असोज र कात्तिक तथा दोस्रो मौसम चैत, वैशाख र जेठ महिनालाई मानिन्छ।
हाल पहिलो पर्यटकीय मौसम चलिरहेकाले आगामी दिनमा कञ्चनजंघा क्षेत्रमा पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
मलेखु-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध, खुलाउने प्रयास जारी
-
सत्ताको उन्मादमा लोकतन्त्रको चीरहरण ! जनताको मतमाथि घात, पत्रकारितामाथि प्रहार र देशलाई सर्कस बनाउने छुट कसैलाई छैन
-
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते
-
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, गौमाताको पूजा आराधना गरिँदै
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको तिहार शुभकामना : एकता, सद्भाव र संस्थागत सुदृढीकरणमा जोड
१ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पावन यमपञ्चक, तिहार…





