वित्तीय अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धति अपनाउन आईजीपी केसीको जोड

काठमाडौं ।प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशालाको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको र प्रविधिको बढ्दो प्रयोगले अनुसन्धानमा नयाँ चुनौती थपिएको बताएका हुन्।

उनले वित्तीय अपराध नियन्त्रणका लागि परम्परागत अनुसन्धान पद्धतिमा मात्र निर्भर नभई आधुनिक प्रविधि, वैज्ञानिक प्रमाण सङ्कलन र अनुसन्धानका नवीन विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए।

वित्तीय अपराधको प्रभावकारी अनुसन्धानका लागि सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच आपसी समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदान अपरिहार्य रहेको उनको भनाइ थियो।

यस्ता अपराधको अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सबै निकायबीच संस्थागत सहकार्य र व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्नेमा समेत उनले जोड दिए।

कार्यक्रमकै अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका थिए। उक्त सङ्ग्रहले नेपाल प्रहरीले अनुसन्धान गरेका महत्वपूर्ण तथा चर्चित घटनाहरूको अभिलेखीकरण र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटमा भोलि सर्वोच्चमा सुनुवाइ, अन्तरिम आदेश आउने सम्भावना
१७ घण्टा अगाडि

2.0kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध…

TOP
15 Shares