एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आज (बुधबार) देखि काठमाडौंमा सुरु हुँदैछ। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौं आइपुगेका छन्।

पार्टीको राष्ट्रिय राजनीतिक दिशा स्पष्ट पार्ने र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले भेला आयोजना गरिएको नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

भट्टका अनुसार मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको छ। भेलामा गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयहरूको कार्यान्वयन, त्यसमा एकरूपता कायम गर्ने विषय तथा पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा महत्वपूर्ण कामबारे छलफल हुनेछ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहनेछ।

भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। उद्घाटन सत्रलाई वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र स्थानीय तह निर्वाचनको तयारीका विषयमा हुने छलफललाई एमालेले महत्वपूर्ण रूपमा लिएको छ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटमा भोलि सर्वोच्चमा सुनुवाइ, अन्तरिम आदेश आउने सम्भावना
१६ घण्टा अगाडि

2.0kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध…

TOP
15 Shares