
एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय युवक ठमेलबाट पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी खेलाएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान निवासी ३५ वर्षीय रोहित पथरियालाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पथरियाले एनपीएलका खेलमा ८ लाख ७५ हजार रुपैयाँ बराबरको अनलाइन सट्टेबाजी गराएको खुलेको छ।
उनले छुट्टै अनलाइन बेटिङ साइट सञ्चालन गरी एनपीएलका विभिन्न खेलमा सट्टेबाजी खेलाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पथरियामाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
-
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
दानबहादुर कार्कीको रिटमा भोलि सर्वोच्चमा सुनुवाइ, अन्तरिम आदेश आउने सम्भावना
१७ घण्टा अगाडि
2.0kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध…





