
स्थानीय निर्वाचनसँगै सरकारविरुद्ध आन्दोलनको तयारीमा एमाले, कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनको तयारीसँगै सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीको राष्ट्रिय भेलामार्फत स्थानीय निर्वाचनको तयारीमा जुटेको एमालेले अर्कोतर्फ सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित हरदम तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
केन्द्रीय कमिटीको पछिल्लो बैठकले निर्वाचन र आन्दोलनलाई पार्टीका दुई प्रमुख कार्यभारका रूपमा तय गरेको उल्लेख गर्दै ओलीले दुवै मोर्चाको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन्।
मंगलबार पार्टीसम्बद्ध अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले आवश्यकताअनुसार आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए।
‘केन्द्रीय कमिटीको बैठकले चुनाव र आन्दोलनको दुई कार्यभार तय गरेको छ। आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ। आन्दोलनको तयारीको मानसिकताका साथ सबै साथीहरू हरदम तयारीमा बस्नुस्,’ ओलीले भने।
उनले आन्दोलनका लागि लामो समय तयारी गर्नैपर्छ भन्ने नभएको उल्लेख गर्दै परिस्थिति असह्य बनेपछि स्वतः आन्दोलन उठ्न सक्ने धारणा राखे। निर्वाचन र आन्दोलन दुवैका लागि एकैसाथ तयारी गर्नुपर्ने उनको भनाइ थियो।
ओलीले अहिले पार्टीले धक्का खाएको जस्तो देखिए पनि सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढे एमाले पुरानै अवस्थामा फर्किन सक्ने दाबी गरे।
यसैबीच, ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी पछिल्लो मुद्दामा सर्वोच्च अदालतले गरेको न्यायसम्पादनप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले अदालतले जनविश्वास गुमाउने गरी पूर्वाग्रह राखेर न्यायसम्पादन गरेको आरोप लगाएका छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१७ घण्टा अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





