
आईजीपीको बोली त्यस्तो हुन्छ ?’ भन्दै मनोज केसीको अभिव्यक्तिमाथि ओलीको प्रश्न

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले राजनीतिक नेतृत्वलाई पक्राउ गरेर थुनिदिने आशयको अभिव्यक्ति दिनु उचित नभएको टिप्पणी गरे ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ ओलीले भने ।
आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै ओलीले प्रहरी प्रशासनबाट यस्तो अभिव्यक्ति आउनु सामान्य विषय नभएको बताए ।
‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौं, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौं, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । अनि ६ महिने जागिर खाने एउटा सिपाहीले फलानालाई थुनिदिन्छु भन्छ । ठट्टा मजाक गरेको हो ?’ उनले प्रश्न गरे ।
प्रमाण भेटिए आफूहरूलाई पक्राउ गरेर थुन्न चुनौती दिँदै ओलीले राजनीतिक नेतृत्वलाई मजाकको पात्र नबनाउन चेतावनीसमेत दिए ।
‘थुने हुन्छ नि समातेर । जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ? प्रमाण भेटे अरे, प्रमाण भेटे उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ ओलीले भने ।
ओलीले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै फाइल खोल्ने र सबैलाई थुन्ने भनाइ कसलाई लक्षित गरिएको हो भन्दै प्रश्न गरे ।
‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ । एकसेएक थुनिन्छ । कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उनी र को-को बाँच्छन् त नेपालमा ?’ ओलीले भने ।
जिम्मेवार पदमा बसेका व्यक्तिहरूबाट आउने यस्ता अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना गर्न सक्ने भन्दै ओलीले राज्यका जिम्मेवार निकायका पदाधिकारीले आतंकको वातावरण बनाउने खालका अभिव्यक्ति दिन नहुने टिप्पणी गरेका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





