
ओलीको चेतावनी : ‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र नेतृत्वको सरकार अलोकतान्त्रिक तरिकाले गठन भएको दाबी दोहोर्याउँदै संविधान र लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले गत भदौको जेनजी विद्रोह र त्यसको जगमा सम्पन्न फागुन २१ को निर्वाचनको वैधतामाथि पुनः प्रश्न उठाएका हुन् । उनले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्दै देश उल्टो बाटोमा अघि बढिरहेको दाबी गरे ।
सरकारले अर्बौं रुपैयाँ जम्मा गरेर थन्क्याएको भए पनि पीडितहरूले अझै न्याय र राहत पाउन नसकेको ओलीको भनाइ थियो । जेनजी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपाली जनतालाई धोका दिएर तालिमप्राप्त व्यक्तिहरू परिचालन गरी आन्दोलन गराइएको दाबी गरे ।
आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको उल्लेख गर्दै ओलीले गोली चलाउनेहरूमाथि कारबाही गर्न गठन गरिएका आयोगहरूको अवस्था र प्रगतिबारे प्रश्न उठाए । नेपालको सीमा मिचिएको विषय संसद्को अभिलेखबाट नहटाइएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे ।
संविधान मिच्ने काम भइरहेको आरोप लगाउँदै ओलीले अब नेपाली जनता जाग्नुपर्ने बताए । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले पूर्वप्रधानमन्त्रीहरूलाई थुन्ने अभिव्यक्ति दिएको भन्दै उनले त्यसप्रति पनि असन्तुष्टि जनाए ।
‘आईजीपी हुनेबित्तिकै पूर्वप्रधानमन्त्रीहरूलाई थुन्दैछ भन्दै मजाक गरिरहेको छ, ६ महिने सिपाहीले,’ ओलीले आक्रोशित हुँदै भने, ‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ ।’
उनले एमालेका कार्यकर्तामाथि दमन भए त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए । आफूलाई १३ दिनसम्म हिरासतमा राखिएको विषयमा पनि उनले सरकारसँग जवाफ मागे ।
सम्बोधनका क्रममा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै आन्दोलन र संघर्षका लागि तयार रहन निर्देशन दिए ।
एमालेको राष्ट्रिय भेलाको उद्घाटन समारोह दिउँसो १ बजे सम्पन्न भएको छ । उद्घाटनपछि अब केहीबेरमा बन्दसत्र सुरु हुने कार्यक्रम छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
२३ घण्टा अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





